टिप्परमा कडाईं

ध्रुव ढकाल । सुनसरी-गत पुस १ बाट एक नम्बर प्रदेश ट्राफिक कार्यालयले पिक आवरमा टिप्पर सञ्चालन गर्न रोक लगायो । दुर्घटना बढेको भन्दै टिप्पर सञ्चालनमा रोक लगाएको ट्राफिकले त्यसको कडाईका साथ पालना गराउन सकेन । व्यवसायीहरुले नियम लत्याउँदै टिप्पर सञ्चालन गर्दा विराटचौकमा अवोध बालिकाको ज्यान गयो । यस लगत्तै टिप्परको सञ्चालनमा कडाई गरिएको छ । तर दुर्घटनाका कारणमा भने ट्राफिक प्रहरी र व्यवसायीले एक अर्कालाई दोष दिने क्रम रोकिएको छैन ।
त्यसोत, डेढ महिना अघि एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले पिक आवर अर्थात विहान ९ बजे देखि ११ बजे सम्म र बेलुका ३ बजे देखी ५ बजे सम्म टिप्पर सञ्चालनमा रोक लगाएको थियो । दुर्घटना न्यूनिकरण गर्न भन्दै तामझामका साथ अभियान ल्याएको ट्राफिक प्रहरीको सो अभियान चलिरह“दा टिप्परको मनपरी पनि कायमै थियो । तर ट्राफिक प्रहरी मुख दर्शक बाहेक केही हुन सकेन । टिप्परको मनपरी र ट्राफिकको फितलो नियमका कारण माघ १४ गते मोरङको विराटचौंकका अवोध बालिका लक्ष्मी ढकालले ज्यान गुमाइन ।
लगत्तै, आक्रोशित भएका स्थानीयको आवेशले अर्काे दुर्घटना निम्त्यायो । अर्थात स्थानीयले ७ वटा टिप्पर जलाई दिए । त्यो मानवीय र भौतिक क्षतिको दोष भने टिप्पर सञ्चालक र ट्राफिक प्रहरीले लिन चाहिरहेका छैनन । बरु उनिहरु एक अर्कालाई दोष लगाइरहेका छन । पिक आवरमा टिप्पर चलाउन रोक लगाएकै कारण दुर्घटना भएको टिप्पर व्यवसायीको भनाई छ । पूर्वमा ५ सय भन्दा बढी टिप्पर संघमा आबद्ध छन् । ति सवै एकै पटक सडकमा आउँदा थप दुर्घटना भएको व्यवसायीहरु बताउछन । दुर्घटना न्यूनिकरणका लागि बरु टाइम कार्ड उपयुक्त हुने उनिहरु बताउछन ।
तर ट्राफिक प्रहरी भने पूर्वका सडकमा टाइम कार्डको व्यवस्था बैज्ञानिक नहुने तर्क गर्छ । बरु सञ्चालन हुने समयसीमा निर्धारण गर्दा दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीको दावी छ । तर जानकारहरु भने दुर्घटना न्युनिकरणका लागि पैदलयात्रीको सजगता, दुरुस्त अवस्थाका सडक पूर्वाधार, ट्राफिक प्रहरीको कडाई र सवारी चालकले ट्राफिक नियमको पालना जरुरी रहेको बताउछन । अन्यथा अरुका कारणबाट समेत हुने दुर्घटनाको न्यूनिकरण असम्भवप्रायः छ ।
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
-
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता
-
आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
चिकित्साशिक्षा सहित ३ विधेयक प्रमाणिकरण
-
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन
-
फेरी टेण्डर गरेर भएपनि मेलम्ची समयमै ल्याउने सरकारको प्रतिवद्धता
-
निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु
-
विवादका बिच नेकपा एकता कार्यदल भंग
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
जुम्लामा पुग्यो पाठ्यपुस्तक
-
जडीबुटी प्रशोधन केन्द्र बन्द
-
दुर्घटनामा एकको मृत्यु
-
लोकतन्त्रकलीले छावा जन्मायो
-
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
-
निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै