
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले निर्णय गर्नुअघि सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ ।
कांग्रेस, एमाले र माओवादीका एकएक नेता रहेको कार्यदलको शुक्रबार बसेको बैठकमा सोमबार कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको हो । ‘त्यसपछि अन्तिम बैठक बसेर हामी शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउँछौं’ सत्ता गठबन्धनका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘संसद्को यही अधिवेशनमा विधेयक पेश गर्ने गरी अगाडि बढाउँछौं ।’