जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • टेकु अस्पतालमा भर्ना भएका हैजाका तीन बिरामी भागे

टेकु अस्पतालमा भर्ना भएका हैजाका तीन बिरामी भागे

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएका तीनजना हैजाका बिरामी भागेका छन् ।

आइतबार उपचारका लागि भर्ना गरिएका उनीहरू मंगलबार राति भागेका अस्पतालको आकस्मिक कक्षका इन्चार्ज भानेश्वर यादवले जानकारी दिए । उनीहरूमध्ये एकजना शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुईजना वार्डबाटै भागेका बताइएको छ ।

ललितपुरको ठैबस्थित नशारहित समाजद्वारा सञ्चालित पुनःस्थापना केन्द्र (रिहाबिलिटेसन सेन्टर) मा हैजा संक्रमण भएको पुष्टि भएपछि चार जनालाई आइतबार टेकु अस्पताल ल्याइएको थियो ।

उनीहरूको खोजी भइरहेको छ ।

धेरै टिप्पणी गरिएका