टेकु ट्रान्सफर स्टेशन भरियोः सिसडोल ल्याण्डफिलमा समस्या

title
बुधबार, साउन २३, २०७५

काठमाडौं – फोहोर संकलन गर्ने टेकुस्थित ट्रान्फर स्टेशन भरिएपछि दुर्गन्ध फैलिन थालेको छ ।

दुर्गन्ध फैलिएका कारण स्थानीयवासीले मंगलबार उक्त स्टेसनमा फोहर खसाल्न अवरोध गरेका थिए । राजधानीबाट संकलित फोहोर उक्त स्टेशनमा राखी सिसडोल लैजाने गरिएको छ ।

अहिले सबै स्थानीय निकायको गल्ली, सडकमा फोहोर थुप्रिएको देखिन्छ । काठमाडौँ र ललितपुर महानगर नै फोहोर उठाउन असमर्थ बनेका छन् ।

लगातार वर्षा परेर फोहोर व्यवस्थापन गर्न समस्या आएपछि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरी कुवरसहितको टोली मंगलबार नुवाकोटको सिसडोल पुगेको थियो ।

तर फोहोरकै पहिरो जाने खतरा देखिएकाले छिट्टै विकल्प खोजिनुपर्ने कामपाले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।