टेङ्ग्रा खोलाको बाढीले कोशी राजमार्ग अवरुद्ध

title
बिहिबार, असार २६, २०७६

सुनसरी । तीन दिनदेखि परेको अविरल बर्षाले इटहरीका बस्तीमा डुबान शुरु भएको छ । लगातार वर्षा भएर निकास नहुँदा टेङ्ग्रा खोलाको पानी वस्ती पस्दा इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ को करदाता कार्यालय वरिपरी डुबान शुरु भएको छ भने उत्तरदक्षिण कोशी राजमार्ग अन्र्तगतको इटहरी सडकखण्डबाटै पानी बग्न थालेको छ ।

पानीले सडक अवरुद्ध भएपछि स्काभेटर लगाएर खोला सफाई गरिएको छ । आजभन्दा चार बर्ष अघि पनि टेङ्ग्रा खोलाको निकास नहुँदा इटहरीमा डुबान भएको थियो ।

वर्खायाममा सँधै डुबानको पीडा खेपेका स्थानीयले समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै गुनासो गरेका छन् । खोला वस्ती पसेपछि स्थानियबासीहरु आत्तिएका छन् ।

इटहरीको वडा नम्बर ८,९ र १० नम्बर वडा प्रभावित भएका छन् ।