टोलटोलमा प्रहरी अभियानको छैठौं श्रृंखला त्रिदेवीनगरमा

title
आइतवार, भदौ १०, २०७५

‘प्रहरी अभियान’ ले अपराध नियन्त्रण भएको प्रहरीको दावी

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वर अन्तर्गत रहेका १० वटा टोलमध्ये त्रिदेवीनगर, सुर्यकोट र दिपनगर टोल समेटिएको त्रिदेवीनगर टोलमा शनिबार ‘टोलटोलमा प्रहरीको छ्रैंठौं श्रृंखला’ आयोजना गरियो ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर मातहतका वडा नं १०, ३१ र ३२ का ३ वटा वडामध्य शनिबारको कार्यक्रम १८ औं श्रृंखला हो । वृत्त र प्रभागले आफ्नो क्षेत्राधिकारमा पर्ने टोलहरुमा लागुऔषध विरुद्ध, चेलीवेटी वेचविखन तथा मानव ओसारपसार विरुद्ध, सडक तथा ट्राफिक जनचेतना तथा घरेलु हिंसाविरुद्धका विभिन्न जनचेतनामूलक कार्यक्रमका साथै सरसफाई, घरदैलो, स्वास्थ्य शिवीर, वस्ती भेटघाट आयोजना गर्दै स्थानीय नागरिकसंग प्रहरी नजिक बन्ने प्रयास गर्दै आएको छ ।

सरकारले गत असार मसान्तदेखि शुरु गरेको प्रशासनिक सुधार कार्यक्रमअन्तर्गत टोलटोलमा प्रहरी अभियान मुलुकभरी नै शुरु गरेको र सो अभियान शुरु गरिएपछि काठमाडौं उपत्यकामा अपराधिक गतिविधि नियन्त्रणमा आएको प्रहरीले दावी गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक (एसपि) रामदत्त जोशीले अभियान शुरु गरिएपछि काठमाडौंमा अपराधिक गतिविधि नियन्त्रणमा आएको मात्रै नभई सर्वसाधारणमा प्रहरीप्रति विश्वास बढेको दावी गरे ।प्छिल्लो समयमा प्रहरीप्रति जनविश्वास बढेको बताए ।

अभियानले सर्वसाधारणलाई प्रहरी हरदम आफ्नो नजिक छ भन्ने भावनात्मक सम्वन्धको महसुस गराएको पनि जोशीले दावी गरे ।  महानगरीय प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज र सामुदायिक प्रही कोटेश्वरले संयुक्तरुपमा आयोजना गरेको लागुऔषध विरुद्धको जनचेतनामूलक कार्यक्रममा एसपि जोशीले भदौ १ देखि लागुभएको नयाँ कानूनले वहुविवाह, मानव तस्कर, जिउ मास्ने वेच्ने, लागुऔषधको कारोवारको साथै महिला तथा घरेलु हिंसा घटाउँदै महिलाको हकहितको संरक्षण गरेको दावी गरे ।

कानुनी हिसावमा भदौ १ देखि नेपालले क्रान्तिकारी फड्को मारेको एसपि जोशीको दावी थियो । प्रहरी ऐश आरामको जागीर खान नभई जनताको सेवा गर्न आएको अधिकारी भएकोले उसले कहिल्यै पनि आफ्नो जिम्मेवारी भुल्न नहुने र पद र अधिकारको दुरुपयोग गर्न नहुने जोशीले बताए ।

उनले टोलटोलमा प्रहरी अभियान सञ्चालन गर्न थालेपछि समाजसेवीको नाउँमा प्रहरी र पीडितवीच विचौलियाको काम गर्ने व्यक्ति पनि सचेत हुँदै आएको उल्लेख गर्दै एसपि जोशीले यस्ता विचौलियाको विरुद्ध प्रहरीमा उजुरी दिन पनि सर्वसाधारणलाई आग्रह गरे ।
ार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले टोलटोलमा प्रहरी अभियानले सामाजिक चेतना फैलाउनुको साथै टोलमा कुनैपनि घटना घटे प्रहरीलाई खबर गर्ने विषयमा सर्वसाधारणलाई प्रेरणा मिलेको बताए ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने टोलटोलमा विभिन्न जनचेतना कार्यक्रमको आयोजना गर्दा समयमै अपराधिक गतिविधिबारेको सूचना पाएर प्रहरीले शान्तिसुरक्षा कायम गर्न टेवा पुगेको बताए ।

६ नं टोलका संयोजक पदमकुमार रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिकी उपाध्यक्ष सरीता दाहाल, पुर्व प्रहरी नायव उपरिक्षक (डिएसपि) सुरेन्द्रप्रसाद भटट्, निखिलेश्वर मन्दीर संरक्षण समितिका अध्यक्ष हंशराज वाग्ले, पुर्वप्रधानमन्त्री माधवकुमार नेपालका स्वकीय सचिव नितेशकुमार पौडेल, स्थानीय विमल ढुंगेल, दिपक केसीलगायतले बोलेका थिए ।  त्यस अवसरमा ६ नं टोलको तर्फबाट संयोजक पदमकुमार रेग्मीले प्रहरी उपरिक्षक रामदत्त जोशीलाई मायाको चिनो उपहार प्रदान गरे ।