ट्यांकर चालकहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव

title
बिहिबार, अशोज ४, २०७५

रुपेश/मकवानपुर । ट्यांकर चालकहरुको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव शुरु भएको छ ।

मुलुकी संहितामा सवारी चालकहरुका लागि ल्याइएको प्रावधानको विरोध गर्दै चालकहरुले आन्दोलन गर्दा हेटौँडामा पेट्रोलियम पदार्थको अभाव भएको हो । हेटौँडाका अधिकांश पेट्रोल पम्पमा मौज्दात सकिएको व्यवसायीहरुले बताएका छन् । अभाव भएपछि पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ भर्ने साना तथा ठूला सवारीको लाम लागेको छ ।

सवारीको चाप बढेपछि पेट्रोल पम्पहरुमा प्रहरी परिचालन गरिएको छ । लामो समय पेट्रोलियम पदार्थ ढुवानी नभएका कारण मौज्दात कम हुँदै गएको पेट्रोलियम व्यवसायीहरुको भनाई छ ।

चालकहरुको आन्दोलनका कारण इन्धन अभाव भएकाले सहज ढंगले वितरणका लागि आयल निगमसंग पहल गरिरहेको नारायणी पेट्रोलियम विक्रेता संघ मकवानपुरले जनाएको छ ।