ट्रम्पको व्यापार युद्धले विश्वलाई गरिब र खतरनाक बनाउने

title
बुधबार, अशोज २४, २०७५

एजेन्सी । अन्तर्राष्ट्रिय मौद्रिक कोष, आइएमएफले विश्व अर्थतन्त्रको मूल्याङ्कन गर्दैगर्दा चीन र अमेरिकाबीच जारी व्यापार युद्धले विश्वलाई गरिब र झन झन खतरनाक बनाइरहेको ठहर गरेको छ । आइएमएफले यो वर्ष मात्र नभएर २०१९ मा समेत यसले विश्वव्यापी आर्थिक वृद्धि दर कम गराउने भविष्यवाणी गरेको हो ।

यसरी अमेरिका र चीनबीचको व्यापार युद्ध दिन प्रति दिन गम्भीर बन्दै जाँदा पछि दुवै देशमा यसको असर कम गरि आर्थिक सुधार ल्याउन समेत कठिन हुने आइएमएफले चेतावनी दिएको हो । प्रमुख अर्थशास्त्री मोरिस अब्सफिल्डका अनुसार यसले सर्वसाधारणको दैनिकी र सबै किसिमका व्यवसायमा विश्वव्यापी क्षति पुर्याउनेछ ।

पछिल्लो पटक चीनले अमेरिकी वस्तुमा गरेको शुल्क वृद्धिपछि हाल व्यापार युद्ध केही समयका लागि रोकिएको हो । तर चीनले ६० अर्ब बराबरका अमेरिकी वस्तुको मूल्य वृद्धि गर्दा त्यसमा ग्यास पनि समावेश गराएको छ जसले सर्वसाधारण र प्रमुख उद्योग दुवैलाई जोखिममा पारिरहेको बताइएको छ ।

ट्रम्पले भने यसको प्रतिक्रियामा ट्वीट गर्दै बेइजिङले आगामी मध्य चुनावमा प्रभाव पार्ने रणनीति अपनाइरहेको आरोप लगाएका हुन् । यसका साथै उनले आफ्ना देशका किसान वा कुनैपनि संवेदनशील उद्योगलाई निशाना बनाइएमा चाहिँ आफूले चीन विरुद्ध उत्तिकै कठोर कदम उठाउने धम्की दिएका छन् ।

सबैभन्दा पहिले अमेरिकाले नै २०० अर्ब बराबरका चिनियाँ आयातमा शुल्क वृद्धि गरि यस व्यापार युद्धको सुरुवात गरेको थियो जुन गत महिनादेखि कार्यन्वयन भएको हो ।

हाल ३.७ प्रतिशत रहेको आर्थिक वृद्धि आाइएमएफले महिनाको अन्त्यसम्म ३.९ पुग्ने अनुमान गरेको थियो तर अब भने आगामी २०१८ र १९ भर विश्व अर्थतन्त्रको वृद्धिदर घट्दै जाने बताएका हुन् ।

यस्तोमा विश्व प्रमुखहरुले व्यापार युद्ध अन्त्य गरि जनताको जीवन स्तर बढाउन, शिक्षामा सुधार ल्याउन र असमानता हटाउन एकजुट भएर नलागे साँच्चिकै विश्व गरिब र खतरनाक बन्दै जाने चेतावनी दिइएको छ ।
बीबीसीबाट