डडेल्धुराको अमरगढीमा बस दुर्घटना १३ जनाको मृत्यु, १५ घाइते

title
बिहिबार, मंसिर ६, २०७५

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाको रडुवाखोलामा बस दुर्घटना भएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिकामा रहेको उग्रतारा मन्दिरमा मेला हेरी डोटी फर्कदै गरेको से १ क २९३ नम्बरको बस दुर्घटना भएको हो । यात्रु बोकेको स्कुलको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइतेको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।