डडेल्धुरामा कवर्ड हल भत्कियो

title
आइतवार, असार ३१, २०७५

डडेल्धुरा । जीर्ण अवस्थामा रहेको डडेल्धुराको कबर्ड हल भत्किएको छ । लगातारको वर्षाका कारण जिल्लाको एक मात्र कबर्डहल शनिबार भत्किएको हो । अमरगढी नगरपालिका–४ खलंगामा ३४ वर्ष पहिले निमार्ण गरिएको सो कबर्डहल जीर्ण अवस्थामा रहेको थियो ।

पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले अविरल वर्षाका कारण कबर्डहल भत्किएको जिल्ला खेलकुद विकास समितीको भनाई छ । कबर्ड हल मर्मतका लागी बारम्बार सरोकारवाला निकायमा अनुरोध गरे पनि कुनै सुनुवाई नभएकाले कबर्डहल भत्किएको समितीको आरोप छ ।