डडेल्धुरामा जीप दुर्घटनाः २ जनाको मृत्यु, १७ घाइते

title
शनिबार, मंसिर १, २०७५

हर्क चन्द । डडेल्धुरा । डडेल्धुराको भागेश्वरमा जीप दुर्घटना भएको छ । भागेश्वर गाउँपालिकाबाट डडेल्धुरा जाँदै गरेको म १ प १८० नम्बरको जीप सडकबाट करिब २ सय ५० मिटर तल खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी धर्मेन्द्र मडै र दिपेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाईतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका लागि ल्याउने क्रम जारी छ ।