डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु

title
बुधबार, बैशाख ११, २०७६

डडेल्धुरा– डडेल्धुरामा आज विहान भएको बस दुर्घटना हुँदा ५ जना मृत्यु भएको छ ।
भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो । धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना भएको हो । बस नम्बर खुलेको छैन । दुर्घटनामा घाइतेहरु भएकालाई डडेल्धुरा अस्पताल लगिएको छ ।