डलरको मूल्य इतिहासकै महँगो, नयाँ रेकर्ड कायम

title
शुक्रबार, भदौ १५, २०७५

काठमाडौँ । अमेरिकी डलरको मूल्यले शुक्रबार इतिहासको सबैभन्दा महङ्गो बनेको छ । विहीबार एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ६५ पैसा रहेकोमा शुक्रबार पनि बढेर नयाँ रेकर्ड कायम गर्दै एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा पुगेको छ ।

डलरको मूल्य बढ्दा यसको प्रभाव विश्वभर पर्दछ । यसले महङ्गीमा आम नेपाली जनता पिल्सने खतरा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको बिक्री मूल्य ११३ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै एक यूरोको खरिददर १ सय ३१ रुपैयाँ ९८ पैसा छ भने विक्रीदर १ सय ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४६ रुपैयाँ ९२ पैसा छ भने बिक्रीदर १ सय ४७ रुपैयाँ ७० पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा र विक्रीदर १० रुपैयाँ १८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ र विक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ९९ पैसा रहेको छ ।