डा.केसीका समर्थक र प्रहरीबीच झडप ,केही प्रदर्शनकारी घाइते

title
शनिबार, साउन ५, २०७५

काठमाडौ । डा.केसीका समर्थक र प्रहरीबीच काठमाण्डौको बिजुली बजार क्षेत्रमा झडप भएको छ ।

चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको मागसहित अनसनरत डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै केसी समर्थकले माइतीघरबाट निकालेको ¥याली बानेश्वर पुग्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

केसीको मागमा भएको आन्दोलनमा कांग्रेस भ्रातृ संगठन तरुण दल समेत सहभागी हु“दै बानेश्वरस्थित निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रृ ग्या“स प्रहार गरेको छ ।

सो लगत्तै प्रहरीले गरेको बल प्रयोगबाट कयौ प्रदर्शनकारी घाइते भएका छन भने ¥याली तितर बितर भएको छ । नागरिक समाजका अगुवासहित भएको बृहद प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि माइतीघर – नया“ बानेश्वर सडक खण्ड असामान्य बनेको छ । प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीहरुले प्रतिरक्षाका लागि ढुंगा मुढा प्रहार गरेका छन ।

चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग गर्दै तीन सातादेखि अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा यसअघि शान्तिपुर्ण रह“दै आएको अँन्दोलन आजदेखि भने हिंसात्मक बन्दै जान थालेको छ ।