डा. केसीलाइ शिक्षण अस्पताल लगियो

title
बिहिबार, साउन ३, २०७५

काठमाडौं । जुम्लामा २० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाइ उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट जुम्लादेखि काठमाडौं ल्याइएका अनशनरत डा गोविन्द केसीलाई टुँडिखेलमा अवतरण गरिएको थियो।

अनशन बसिरहेकै अवस्थामा उनलाई उपचारको लागि भन्दै काठमाडौं ल्याइएको हो। अस्पतालमा डाक्टरहरु तयारी अवस्थामा रहेको बताइएको छ।