डा. केसीलाई अस्पताल लगियो

title
सोमवार, पुस ३०, २०७५

इलाम । इलाम सदरमुकाममा आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उनको स्थास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आज विहान जिल्ला अस्पताल इलाम लगिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा। केसीलाई चिकित्सकहरको आग्रहमा अस्पताल लगिएको इलाममा रहेका डा। अभिशेकराज सिंहले जानकारी दिए ।

आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै डा. केसी ६ दिनदेखि आमरण अनसनरत छन् ।