डा. केसीले आज धारणा सार्वजनिक गर्दै

title
शुक्रबार, अशोज १२, २०७५

काठमाडौं । विहीबार अन्त्य भएको संघीय संसदको दोस्रो अधिवेशनमा यस अघिको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पेश नगरिएकोमा असन्तोष प्रकट गर्दै शिक्षण अस्पतालका चिकित्सक डा। गोविन्द केसीले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।
दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर डा। केसीले आफ्नो धारणा सार्वजनिक गर्ने उनको समूहमा रहेर काम गरिरहेका डा। अभिषेकराज सिंहले जानकारी दिए । उनले गएको बुधबार मात्रै वक्तव्य जारी गरेर सो विधेयक चालु अधिवेशनमै पास नभए पुनः अनशन बस्ने चेतावनी दिएका थिए ।

चासोका रुपमा हेरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’अन्ततः सदनमा पेश भएन । यसअघि सरकारले प्रा डा केसीको अनशन तोडाउने क्रममा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को दोस्रो अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो ।