डा. केसी सोह्रौं पटक अनशन बस्दै

title
बुधबार, कार्तिक २८, २०७५

काठमाडौं । सरकारले आफुसँग पन्ध्रौं अनशनका क्रममा गरेको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा. गोविन्द केसी १६ औं अनशनमा जुट्नुभएको छ । सरकारले सहमति कार्यान्वयमा उदासीन देखाएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी फेरि अनशन बस्न लाग्नुभएको हो ।

सरकारले आफुसँग भएका सम्झौता उल्लंघन गरेको र माफियाका पक्षमा काम गरेको आरोप लगाउँदै आउनुभएका डा. केसीले सरकारको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै फेरि अनशन बस्ने तयारीमा रहनुभएको केसीका सहयोगी डा. अभिषेकराज सिंहले जनाकारी दिनुभयो ।

सिंहका अनुसार तिहार सकिएलगत्तै डा. केसीले आफु निकटस्थ र सहयोगिलाई बोलाएर अनशन बस्ने तयारीमा रहेको बताउनुभएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।