डा. भट्टराईले संसदमा भने– जनावरलाई राष्ट्रिय जनावर बनाउनु हुन्न

title
आइतवार, भदौ १०, २०७५

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले भदौ १ गतेबाट लागू भएको देवानी र अपराध संहितालाई युगको आवश्यकताअनुसार सच्याउने आँट गर्नुपर्ने बताउनुभएको छ । आईतबारको प्रतिनिधीसभा बैठकमा बोल्दै उहाले देवानी र अपराध संहितामा गम्भीर कमी–कमजोरी रहेकाले संशोधन गर्नुपर्ने बताउनुभएको हो । महिलाको अधिकार सुनिश्चितता नै लोकतन्त्रको मापक भएको भन्दै भट्टराईले मुलुकमा भइरहेका हिंसाका घटनाहरुको निन्दा पनि गर्नुभयो । उहाले ऐन–कानुन बनाउँदा नै दोषीलाई उन्मुक्ति दिने प्रकारको ऐन–कानुन निर्माण गरिन नहुनेमा जोड दिनुभयो ।

नागरिकता विधेयकमा महिलामाथि विभेद गरिएको प्रति आपत्ति जनाउँदै त्यसलाई संशोधन गरिनुपर्नेमा उहाले जोड दिनुभयो । डाक्टर भट्टराईले दलित शब्दलाई परिवर्तन गर्नुपर्ने र कुनैपनि जनावरलाई नेपालको राष्ट्रिय जनावर बनाउनु नहुने पनि बताउनुभयो । त्यस्तै उहाले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि जनाउनुभयो ।

अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको गन्ध आएको उहाले बताउनुभयो । त्यस्तै भट्टराईले विव्लव नेतृत्वको नेकपाललाई राजनीतिक व्यवहार गर्नपर्नेमा जोड दिनुभयो ।