डिपिएल क्रिकेट : सिवाईसी अत्तरियाको लगातार दोस्रो जित

title
बिहिबार, फाल्गुन २, २०७५

काठमाडौ, फागुन २ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले हराउँदै अत्तरिया लगातारले दोस्रो जित निकालेको हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १ सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देही २० ओभरमा अलआउट हुदैँ ८२ रनमा समेटिन पुग्यो । रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । त्यस्तै सन्दीप सुनारले १५ तथा प्रदिप ऐरी र बिक्रम शोबले समान १४/१४ रन बनाए । रुपन्देहीलाई सस्तैमा समेट्न अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २/२ विकेट लिए । यता, अत्तरियाका लागि कप्तान दिपेन्द्रले ६७ रनको अर्धशतकीय पारी खेले । यो जितसंगै २ खेलबाट ४ जोडेको अत्तरियाले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ ।