डिपीएलको उपाधी सिवाईसी अत्तरियालाई

title
शनिबार, फाल्गुन ११, २०७५

दीपेन्द्र भट्ट । कैलाली । सिवाईसी अत्तरियाले तेस्रो संस्करणको  धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले पहिलो पटक डीपीएल क्रिकेटको उपाधि जितेको हो ।

उपाधिसंगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ । यता, उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ । फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । निकै प्रतिस्पर्धात्कम बनेको खेलमा अत्तरियाका लागि सन्नी पटेलले उत्कृष्ट व्याटिङ गर्दै सर्वाधिक ४७ रन बनाए ।

त्यस्तै जय किशन कोल्शावालाले ३० रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । महेन्द्रनगरका मोहमद नाभिद र सागर ढकालले समान दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभरमा अलआउट हुदैँ १ सय २३ रन बनाएको थियो ।

खराब सुरुवात गरेको महेन्द्रनगरका लागि दिलिप नाथले ४३ तथा कुशल मल्लले २५ रन जोडेका थिए ।