डिपीएल उपाधी भिडन्त : महेन्द्रनगरद्धारा अत्तरियालाई १२४ रनको लक्ष्य

title
शनिबार, फाल्गुन ११, २०७५

दिपेन्द्र भट्ट/कैलाली, तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त अहिले भई रहेको छ । धनगढीको फाप्ला क्रिकेट मैदान जारी फाइनल खेलमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया खेली रहेका छन् । टस जितेर, पहिले ब्याटिङ रोजेको महेन्द्रनगर युनाईटेडले सिवाईसी अत्तरियालाई १ सय २४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगरले २० ओभरमा अल आउट हुँदै १ सय २३ रन बनायो । महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वार्धिक ४३ रन बनाए । नाथलाई १६ ओभरको पहिलो बलमा सन्नी पटेले बोल्ड आउट गरे । कुशल मल्लले २५ रनको योगदान दिए । १५ ओभरको पहिलो बलमा रन आउट हुनु अघि २२ बलमा १ चौका र २ छक्का प्रहार गरे । तल्लो क्रमका रोहित कुमार पौडेलले आक्रमक रुपमा ब्याटिङ गर्दै २० बलमा समान १ चौका र छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए । महेन्द्रनगरले पहिलो विकेटका रुपमा दोस्रो ओभरको दोस्रो बलमा मोहम्मद नाविदलाई १० रनमा गुमायो । दिपेन्द्रसिंह ऐरीको बलमा कमलसिंह ऐरीले क्याच गर्नु अघि नाविदले ५ बलमा समान १ छक्का र चौका प्रहार गरे । कप्तान दिपेन्द्रले ८ औं ओभरको पहिलो बलमा आरिफ शेखलाई ११ रनमा क्याच आउट गराए । लगतै अर्को बलमा कप्तान शरद भेषवाकर शुन्यमा रन आउट भएपछि महेन्द्रनगर संकटमा परेको महेन्द्रनगरको इनिङ कुशल मल्ल र दिलिप नाथले ५१ रनको साझेदारी गर्दै उकासेका थिए । अहिले सिवाईसी अत्तरिया जवाफी ब्याटिङ गरिरहेको छ । महेन्द्रनगरको नेतृत्व शरद भेषावकरले गरेका छन् भने अत्तरियाको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरेका छन् । पहिलो पटक डीपीएलको फाइनल पुगेको दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् । विजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख र चौथो हुने टोलीले दुई लाख नगद पुरस्कार हात पार्नेछन् ।