डिपीएल क्रिकेट : सोमपाल कामीको धनगढी बाहीरियो, काठमाडौँ प्लेअपमा

title
शनिबार, फाल्गुन ४, २०७५

काठमाडौँ, फागुन ४ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत शनिबार तय भएका दुवै खेल वर्षाका कारण रद्द भएका छन् । बिहिबारबाट परेको बर्षाको कारण मैदानमा पानी जमेपछि शनिबार तय भएको विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सको पहिलो तथा धनगढी र महेन्द्रनगरबीचको दोस्रो खेल रद्द भएको हो । खेल रद्द भएपछि चारै टिमले एक–एक अकं बाँडेका छन् । डीपीएल एम्पायरले फाप्ला क्रिकेट मैदानको आउटफिल्डमा जमेको पानीले गर्दा खेल खेलाउन नमिल्ने जनाएपछि खेल टस नहुँँदै रद्द भएको हो । महेन्द्रनगरविरुद्धको खेल रद्द भएसंगै सुरुवाती ३ खेलमा लगातार हार व्यहोरिसकेको साबिकको बिजेता धनगढी प्रतियोगिताबाट बाहिरिएको छ । दुई संस्करणको बिजेता धनगढी पहिलो पटक प्ले अफ नपुग्दै बाहिरिएको हो । सोमपाल कामीको नेतृत्वमा रहेको धनगढीले ४ खेलबाट १ अंक जोडेको छ । यता, महेन्द्रनगरको ४ खेलबाट २ अंक छ । त्यस्तै काठमाडौं ३ खेलबाट ५ अकं जोडेर शीर्ष स्थानमा छ भने विराटनगर ४ खेलबाट ४ अकं जोडेर चौंथो स्थानमा छ ।