‘डियर जिन्दगी’बाट ‘राते काइला’ फेरि काँचको पर्दामा 

title
मङ्लबार, अशोज १६, २०७५

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका पुराना कलाकार सुनिल थापा ‘राते काइला’ लगायतका कलाकारको अभिनय रहेको टेलिसिरियल ‘डियर जिन्दगी’ घटस्थापनाबाट प्रशारण हुने भएको छ ।

 कि इन्टरटेन्टमेन्टको प्रस्तुतीमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेलिसिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्वजनिक गर्दै हालै प्रशारण मिति समेत तय गरिएको हो ।  राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो ।
जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा,पुस्कर जंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, राम कृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।

‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको संगीत रहेको छ । च्यानल प्रोडुसर साजन घिमिरे, एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी, कार्यकारी प्रोडुसर युबराज खत्री र को प्रोडुसर रघुनाथ सापकोटा रहेका छन् ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्ब राज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन् । मेघा टेलिसिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ ।