डीपीएल क्रिकेट : रुपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित

title
मङ्लबार, माघ २९, २०७५

काठमाडौ,  माघ २९ ।  रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै बसन्त रेग्मीको रुपन्देहीले लगातार दोस्रो जित निकालेको हो । फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले दिएको ९४ रनको सामान्य लक्ष्य भैरहवाले १३ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । रुपन्देहीका पुनित मेहेराले सर्वाधिक ४६ रन जोडे । त्यस्तैै बाबर हायतले १७ रन जोड्दा भिम सार्कीले अविजित १२ रन जोडे । विराटनगरका अभिनास यादवले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९३ रन बनाएको थियो । विराटनगरका लागि प्रनित थापा मगरले अविजित रहदै सर्वाधिक १७ र असद उल्लाह खानले १६ रन जोडे । यो जितसंगै रुपन्देही २ खलेबाट ४ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मंगलबारै भएको पहिलो खेलमा धनगढी स्टार्सले लगातार दोस्रो हार व्यहोरेको छ । सिवाईसी अत्तरियासंग ५ रनले पराजित हुँदै सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले दोस्रो हार व्यहोरेको हो । योसंगै अत्तरियाले जितबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब अत्तरियाले दोस्रो खेलमा बिहीबार रुपन्देही च्यालेन्जर्ससंग प्रतिस्पर्धा गर्नेछ ।