डीपीएल  ः महेन्द्रनगरको पहिलो जीत, अत्तरीयाले प्लेअफ पुग्ने मौका गुमायो

title
आइतवार, फाल्गुन ५, २०७५

काठमाडौँ, फागुन ५ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर युनाईटेडले पहिलो जीत निकोलेकोे छ । आईतबार भएको खेलमा सिवाईसी अत्तरियालाई सात विकेटले पराजीत गर्दै महेन्द्रनगरले पहिलो जीत दर्ता गरेको हो । फाल्पा क्रिकेट मैदानमा वर्षाका कारण मैदान गिलो भएपछि ढिलो गरी सुरु भएको खेल ६ ओभरमा छोट्टाईएको थियो । जस्मा अत्तरियाले ५ विकेटको क्षतिमा ५४ रन बनाउन सक्यो । अत्तरीयाका लागी सन्नी पटेलले १९ तथा जयकशिन कोल्शावालाले १० रन बनाए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी पनि मात्र १० रनमा आउट भए । बलिङमा महेन्द्रनगरका अभिनाश बोहरा र सागर ढकालले समान दुई–दुई विकेट लिए । जवाफमा महेन्द्रनगर पाँच ओभर चार बलमा तीन विकेट गुमाउँदै पुरा गर्यो । यो जितसँगै अत्तरीयाले दुई खेल अगाडी नै प्लेअफमा पुग्ने मौका गुमायो भने महेन्द्रनगरले शिर्ष चारको संभावना कायमै राखेको छ ।