
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले डेंगु नियन्त्रण गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा उनले तनहुमा डेंगु बढेको र औषधोपचारको लागि आवश्यक मेडिकल सामग्री समेत सरकारले उपलब्ध नगराएको प्रति आक्रोश पोखे ।
उनले भने,‘औसत १०० जनाको डेंगु परीक्षण हुँदा ६०/७० प्रतिशत पोजेटिभ आइराखेको छ । डेंगु किट र ब्लड काउन्ट गर्ने आधारभूत सामग्री पनि व्यक्तिगत पहलमा सांसदले पठाइदिनुपर्ने अवस्था आएको छ । प्रदेश सरकार र संघीय सरकारको यसप्रति ध्यान जाओस् ।’
साथै उनले वैदेशिका रोजगारीमा गर्मी ठाउँमा काम गरेर फर्किएकामा मृर्गौलासम्बन्धी रोगका कारण पीडित भएको प्रतिवेदन सार्वजनिक भएको प्रति सरकारको ध्यानाकर्षण गराए ।