डेनियलसँग सन्नीको पहिलो फिल्म र पहिलो सम्बन्ध…

title
बिहिबार, भदौ ७, २०७५

एजेन्सी– सनी लियोनीलाई अब दर्शक तथा उनका फ्यानहरुले पोर्नस्टार नभएर उनको अभिनय, नृत्य तथा सामाजिक कामले बढी चिन्न थालेका छन् । अन्य कलाकारहरु भन्दा अझ पृथक तरिकाले सन्नीको प्रेम प्रसंग कोट्याउन चाहान्छन् र उत्तिकै रुची राख्छन् ।

वास्तवमा सन्नीको प्रेम कहानी पनि कुनै सपना भन्दा कम छैन । हालै सन्नी लियोनीले एक सामाजिक सञ्जालमा दिएको अन्तर्वार्तामा आफ्नो लभ स्टोरीका विषयमा बताएकी छिन् । उनले भनिन् ‘एक पटक कामका शिलशिलामा डेनियलसँग भेटघाट भएको थियो । यही कुरालाई डेनियलले भनेका थिए– लव एट फर्स्ट साइट ।’

तर त्यो भेट आफ्ना लागि केही थिएन, केही मिनेटको बातचितमा मेरो मनमा त्यस्तो प्रेम भाव उब्जिने कुरा पनि भएन । डेनियलले भने मेरो इमेल एड्रेस भेटाउन सफल भए । सन्नीको जिन्दगीमा त्यो लभ मुमेन्ट कहिले आयो भन्ने प्रश्नमा उनको जवाफ थियो– मलाई फोन गर्नुभन्दा डेनियलले इमेल गरेका थिए । यसबाट म प्रभावित भएकी हुँ । डेनियलले इमेलमा लेखेका थिए– तिमी मलाई तिम्रो नम्बर कहिल्यै त दिन्छौ होला नि ? त्यसपछि आफूले डेनियललाई नम्बर दिएको बताइन् ।

नम्बर पाएसँगै उनीहरुबीच फोनमा लामो समय कुराकानी हुन थाल्यो । कुराकानी पछि उनीहरु डेट जान पनि राजी भए । तर, पहिलो भेटमै आफू ढिलो पुगेको सन्नीले खुलाइन् । उता डेनियल भने एउटा रेष्टुरेन्टमा कुरेरै बसेका थिए । त्यो निस्वार्थ कुराइले पनि मेरो मन छोएकै हो । जब डेट स्पटमा उनीहरुबीच कुराकानी शुरु भयो सन्नीलाई लागेको थियो– त्यो रेष्टुरेण्टमा आफू र डेनियलबाहेक कोही थिएनन् । त्यो पहिलो भेट करिव ३ घण्टाको थियो । त्यो समय हामीबीच रमाइला कुराकानी भए । मलाई लाग्यो– ‘हामी वर्षौंदेखि एकअर्काप्रति चिरपरिचित जस्तो ।’

जब डेनियलले पनि सन्नीका साथ एडल्ट फिल्ममा काम गर्न शुरु गरे । सन्नीले अझ नजिकबाट नियाल्न पाइन डेनियललाई । त्यसपछि हरबखत सन्नीको साथ दिन थाले डेनियलले पनि । त्यो समयपछि डेनियलले सन्नी बाहेक अरुसँग काम गर्न पनि छाडिसकेका थिए । यसले पनि हामीहरुबीचको सम्बन्धमा झन प्रेमभावको विकास झाँगिदै गएको हो ।

अझै त्यो भन्दा पनि डेनियलप्रतिको माया बढ्नुको विषयमा सन्नीले भन्– ‘जब मेरी आमाको मृत्यु भयो । म एक्को महसुस गर्दै थिएँ । यस्तो मुस्किल अवस्थामा कसैको साथ पाइँदैन होला भन्ने लाग्थ्यो । त्यो अभाव हुन दिएनन् डेनियलले । डेनियलले आफ्नो माया सावित गरिदिए की, उनलाई आमाको अभाव कहिल्यै हुन दिएका छैनन् । उनले सन्नीको मात्र नभएर सन्नीका अन्य परिवारका सदस्यहरुलाई पनि उत्तिकै सर्पोट गरिरहेका छन् ।

अवन्तरवार्ताकै क्रममा सन्ननीले सुनाइन्– ‘कहिले कहिले म रातमा जब एक्लो महशुस गरेर रुन्थेँ, तब डेनियलले आमाले झैँ गरी सम्झाउँथे ।’ सन्नीलाई यो माया देखेर सपना जस्तै लाग्थ्यो । अहिले उनीहरुको सम्बन्ध जोडिएको निकै वर्ष वितसक्यो । डेनियलले सन्नीका हरेक सपना पूरा गराउन साथ दिइरहेका छन् भने डेनियका साथ पाउँदा सन्नीलाई पनि हिम्मत जुटेको छ, आत्मविस्वास बढेको छ ।