डोजरले किचेर एक वालकको मृत्यु

title
शुक्रबार, अशोज १२, २०७५

बद्री पन्थ/जाजरकोट । जाजरकोटमा डोजरले किचेर एक वालकको मृत्यु भएको छ ।

जिल्लाको कुशे गाउँपालिका वडा नम्बर २ स्थित टालेगाउँका ७ वर्षीय धीरेन्द्र सिंहको मृत्यु भएको हो ।

टालेगाउँमा सडक मर्मत गरेर फर्कने क्रममा रहेको डोजर हेर्न पुगेका सिंहलाई सोही डोजरले किचेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।