डोल्पामा जीप दुर्घटना १० जनाको मृत्यु

title
सोमवार, कार्तिक १९, २०७५

डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको  ज्यान गएको छ । दुर्घटनामा परेका दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको हो ।

घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको छ ।