डोल्पामा भारी मात्रामा हिमपात, कृषकहरु उत्साहित

title
शुक्रबार, माघ २५, २०७५

पवनकुमार डांगी/डोल्पा । हिमाली जिल्ला डोल्पामा यस बर्ष तिन पटक सम्म बर्षा सँगै भारी मात्रामा हिमपात भएको छ ।

पटक पटक बर्षा सँगै भएको हिमपातका कारण अन्न बाली, गहुँ, जौँ, आलु लगायतमा फाइदा पुग्ने भन्दै डोल्पाली कृषकहरु उत्साहित भएका छन । पुस र माघ महिनामा परेको हिउँ बैशाखको अन्तिम सातातिर पग्लने र जेठको दोस्रो साता बाट यार्सागुम्बा टिप्ने कार्य सुरु हुन्छ ।

हिउँ परेपछि उत्पादन पनी बढी हुने गरेको डोल्पा बासीको भनाई छ । हिमपातले अत्यधिक जाडो र दनिकी कष्टकर बनाएको छ । तिन पटक सम्म हिमपात हुदा डोल्पा सेताम्मे देखिएको छ । यातायातको रुपमा रहेको एक मात्र भरपर्दो मध्याम हवाईजहाज हिमपातले गर्दा प्रभाबित भएको छ ।