ढलान भत्कँदा ४ जना मजदुरको मृत्यु, ३ जना घाइते

title
शनिबार, जेष्ठ ३२, २०७६

दाङको लमहीमा सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणका क्रममा ढलान भत्कँदा तीन जना मजदुरको मृत्यु भएको छ ।

लमही नगरपालिका–७ मा रहेको सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणका क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा ३ जना भारतीय मजदुरको ज्यान गएको र तीन जना मजदुर घाइते भएको लमही प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनामा भारतको झारखण्डका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेवको सनाखत भएको छ । त्यस्तै अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । गम्भीर घाईते अजय र नरेनलाई थप उपचारका लागि बुटवल पठाइएको छ । गएराति भएको यो दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।