तक्मामा आठ करोड खर्च

title
शनिबार, भदौ २३, २०७५

राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ ।

सम्मानित हुनेमा धेरैजसो सत्तानिकट व्यक्ति हुने भएकाले विभूषण वितरण सधैँ विवादमा पर्ने गर्छ । एक वर्षअघिको सिफारिसको आधारमा गत मंगलबार तीन सय ४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरिएको थियो ।

जुन तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको नयाँ पत्रिकामा समाचार छ । सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च भएको छ । त्यस्तै, अलंकार बनाउन एउटाको २ हजार ५ सय तथा पदक बनाउन करिब ८ सय रुपैयाँ खर्च हुन्छ ।

गत वर्ष धेरैलाई विभूषण प्रदान गर्ने निर्णय भएकाले खर्च धेरै भएको हो । गृहले घरेलु तथा साना उद्योग विभागलाई यसको जिम्मेवारी दिने गरेको छ ।