तनहुँको म्याग्देमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

title
मङ्लबार, अशोज ९, २०७५

तनहुँ । पृथ्वीराजमार्गमा अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र विपरित दिशातर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको मिनीबस मनहरिमा एकआसमा ठोक्किंदा दर्घटना भएको हो ।

दुर्घटनामा परी व्यास–११ घर भई हाल व्यास–१ भादगाउँ बस्दै आएकी ३४ वर्षीय सरस्वती कुँवर र व्यास–४ की ५० वर्षीय चिजामाया श्रेष्ठको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा माइक्रो बसका चालक तुलबहादुर विकसहित ९ जना घाइते भएका छन् । घाइते मध्ये व्यास–२ की ८० वर्षीय बिष्णुकमारी बस्नेतको अवस्था गम्भीर छ ।

उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका अन्य घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनु भएको छ ।

माइक्रोबसले सडकको घुम्तिमा अर्को सवारीलाई ओभरटेक गरी अगाडि जाँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धाबाट देखिएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिनु भयो ।