
आज गुरुङ समुदायले तमु ल्होसार विविध कार्यक्रमसहित मनाउँदै छन् । यस अवसरमा आइतबार तनहुँको दमौलीमा सांस्कृतिक झाँकी निकालिएको छ । उनीहरु जातीय पोसाकमा सजिएर सहभागी भएको देख्न सकिन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो चाड खास गरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । हिन्दूको भारतीय पात्रो बिकम् सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ ।गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पति भएको मानिन्छ ।