तमोर नदीमा र्‍याफ्टीङ दुर्घटना हुँदा एकको मृत्यु

title
सोमवार, चैत्र २५, २०७५

रविन कट्टेल,धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका–१ सफाईधाप स्थित तमोर नदीमा आईतबार अपरान्ह र्‍याफ्टीङ बोट दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनकुटाको मुलघाटबाट सुनसरीको चतरा जाँदै गरेको र्‍याफ्टीङ अपरान्ह करिव ३ बजे नदीमा पल्टिँदा उदयपुरको त्रियुगा नगरपालिका–६ का ५४ बर्षीय रामबहादुर गुरुङको मृत्यु भएको हो ।

र्‍याफ्टीङ वोट पल्टिँदा नदीमा डुबेर गुरुङ गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याईएको थियो । उपचारकै क्रममा साँझ करिव ६ बजे गुरुङको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

सेतु एड्भान्चरद्वारा सञ्चालित ¥याफ्टिङमा ८ जना सवार थिए । र्‍याफ्टीङ वोट पल्टिँदा नदीमा डुबेका अन्यलाई सकुसल उद्धार गरिएको छ ।