तरकारीको विषादी प्रकरणमा प्रधानमन्त्रीबाट क्षमायाचना, भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको दावी

title
बिहिबार, असार २६, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित संबिधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना बिषयक राष्ट्रिय कार्यशालामा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले यसप्रति आफू क्षमाप्रार्थी रहेको भन्दै विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र आफूलाई जानकारी नदिनुले लज्जित हुनुपरेको बताउनु भयो । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले यसबारे अनुसन्धान समेत भइरहेको जानकारी दिनुभयो ।

नेपालीको भान्सामा विषादी पाक्न नदिने भन्दै शुद्ध खाना खुवाउने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने समेत जिकिर गर्नुभयो ।