तरकारीको विषाधि परीक्षण रोक्न भारतीय दुतावासले पत्र पठाएको सञ्चारमन्त्रीबाट स्वीकार

title
मङ्लबार, असार २४, २०७६

काठमाडौ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषाधि परीक्षण स्थगित गर्न भारतीय दुतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन् ।

मन्त्री बास्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने स्वभाविकै भएको भन्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे । आज(मङ्गलवार) बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेष्टका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविकै रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

मन्त्री बास्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषाधि परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भिर रहेको पनि बताए । उनले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भिर रहेको र सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको पनि बताए ।