तरकारी उत्पादक र उपभोक्ताको हितका लागी कदम चालिने कृषीमन्त्रीको भनाई

title
बुधबार, भदौ १३, २०७५

धादिङ । कृषि तथा पशु पंक्षी विकास मन्त्री चक्रपाणि खनालले तरकारी उत्पादक किसान तथा उपभोक्ताको हित हुने गरी सरकारी कदम चालिने बताउनुभएको छ ।

कृषकलाई न्यून मूल्य दिएर खरिद गरिएका तरकारी उपभोक्तासम्म पाँच सात गुणासम्म बढेर उपभोक्ता तथा कृषक दुबैलाई ठगेको पाइएकाले यसको नियमन गर्न सरकार लागि परेको उहाँको भनाई छ ।

धादिङ भएको एक अन्तरक्रियामा प्रस्तुत सर्वेक्षण रिपोर्टले बजारमा उपभोक्ताहरुले तिरेको मुल्यको पचास प्रतिशत मुल्य मात्र सोझै तरकारी उत्पादक किसानहरुले पाउने हो भने पनि कृषकहरुको आम्दानीले तीन गुणाले बढ्ने देखाएपछि मन्त्री खनालले यस्तो आश्वासन दिनुभएको हो ।

तरकारी उत्पादक किसान, खुद्रा तरकारी विक्रेता र उपभोक्ताहरुबीच गरिएको सर्भेक्षणमा उपभोक्ताहरुले तिरेको मुल्यको झण्डै तिन गुणा कम मात्र मुल्य तरकारी उत्पादक किसानहरुले पाउने गरेका छन ।

धादिङमा मात्रै आर्थीक बर्ष २०७४–०७५ मा दुई अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबरको तरकारी विक्री भएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ ।