तराइमा हावाहुरीको वितण्डाः २५ जनाको ज्यान गयो, सयौँ घाइते

title
आइतवार, चैत्र १७, २०७५

बारा । तिव्र गतिको हावाहुरीका कारण बारा र पर्सामा २५ जनाको मृत्यु भएको छ । आइतबार साँझ आएको हावा हुरीका कारण स्थानीय घर भत्किनुका साथै बिजुलीका पाेल ढलेर २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावहुरीका कारण ४ सयभन्दा बढि घाइते भएको जनाइएको छ । घाइतेहरुको  नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण घर, पर्खाल भत्किनुका साथै सवारी साधन समेत पल्टिएको जनाइएको छ ।