
काठमाडौँ— ताप्लेजुङमा सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का ताप्लेजुङ र आसपासका जिल्लाहरुमा समेत महसुश गरिएको थियो ।
भूकम्पबाट भएको क्षतिको विवरण भने आउँन बाँकी छ ।