तीजको मुखमा सुनचाँदीको मूल्य घट्यो

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौं । बिहिबार सुनको मूल्य केही घटेको छ । सुन प्रतितोला ५६ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ५६ हजार १ सय रुपैयामा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।