
सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले काठमाण्डौको मूलपानी क्रिकेट मैदान, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर निर्माणलाई तीव्रता दिइने मन्त्री शर्माले बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनाले मागेजति बजेट पाउने, वन र जग्गाको विवाद भएमा तत्कालै समाधान निकाल्ने, बन्द हड्ताल गर्न नपाउने लगायतका सुविधा पाउने हुँदा काम छिटो हुने सम्भावना हुन्छ ।