तेक्वान्दोका दुवै एकल स्पर्धामा नेपाल पराजित

title
आइतवार, भदौ ३, २०७५

जकार्ता– इन्डोनेसियामा शनिबारबाट सुरु भएको १८औं एसियाली खेलकुदअन्तर्गत आज भएको तेक्वान्दोतर्फका दुवै खेलमा नेपालका खेलाडी पराजित भएका छन् ।

राउन्ड अफ सिक्सटिनको खेलमा नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङ दुवै जना पराजित भएका प्रशिक्षक दिपक विष्टले जनाएका छन् । पुरुष एकलतर्फ श्रेष्ठ चाइनिज ताइपेहका खेलाडी चेन चिङसँग ८.३८–७.५१ को अन्तरमा पराजित भए ।

महिला एकलतर्फ आजै भएको खेलमा पार्वती गुरुङ पनि चाइनिज ताइपेहकी खेलाडीसँगै स्तब्ध भइन् । उनलाई लिओआ वेन्सुआनले ८.१०–७.५४ को अन्तरमा हराएकी हुन् । आजै नेपालले महिला टिम इभेन्ट्सको पुम्सेमा उज्वेकिस्तानसँग खेल्नेछ ।