तेश्रो मुलुकबाट आयतित तरकारीको विषादी परीक्षण गर्न १ बर्ष लाग्छ : कृषि मन्त्री

title
आइतवार, असार २२, २०७६

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायतका तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने बताएका छन् ।

तेश्रो मुलुकबाट आयात हुने फलफुल र तरकारीमा ६ महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेका बेला कृषि मन्त्री खनालले एकीकृत विषादी परीक्षणको सुरुवात गर्न कम्तिमा १ बर्ष लाग्ने बताउनुभएको हो ।

राष्ट्रियसभाको आज(आईतवार) बसेको बैठकमा बोल्दै खनालले यस्तो बताए । विनियोजन विधेयक २०७६ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा विनियोजित बजेटमाथि बैठकमा उठेका प्रश्नको सम्बोधन गर्ने क्रममा उनले यसबारे समेत जानकारी दिएका छन् ।

एक नम्बर प्रदेशको विर्तामोड, दुई नम्बरको सर्लाही, ३ नम्बरको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र ७ नम्बर प्रदेशमा रहेका २ वटा विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुदै आएकोमा अहिले त्यहाँ पनि रोकिएको छ ।

केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भए पनि बाँकीमा २ वटा प्यारामिटर मात्रै चेक हुदै आएको उहाले स्पष्ट पार्नुभयो ।

चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्यारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको उनको दावी छ ।