तेस्रो इटहरी प्रिमियर लिग आगामी १५ गतेदेखि शुरु हुने

title
बुधबार, अशोज ३, २०७५

ध्रुव ढकाल । सुनसरी । सुनसरीको इटहरीमा ईटहरी क्रिकेट एकेडेमीको आयोजनामा तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । आज ईटहरीमा पत्रकार सममेलन गर्दै प्रतियोगिता आगामी असोज १५ देखि १९ सम्म इटहरी स्थित डिभिएम स्कुलको मैदानमा हुने आयोजकले वताएको छ ।

तेस्रो संस्करणअनुसार प्रतियोगितामा नेपालका प्रमुख टिमहरु काठमाडौ, बिराटनगर, प्रदेश नं. २, भैरहवा, कैलाली तथा आयोजक टिम सहभागी हुने छन् । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाईने बताइएको छ ।

प्रतियोगितामा प्रथम टिमलाई लाख ११ हजार नगद र ट्रफि, दोस्रोलाई ५५ हजार नगद ट्रफि पुरस्कार दिने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश बिष्टले जानकारी दिए । यस्तै सर्वाेत्कृष्ट खेलाडीलाई १० हजार नगद र ट्रफि दिने योजना रहेको उनले बताए । प्रतियोगितामा बेष्ट म्यानलाई ५ हजार, बेष्ट बलर ५ हजार, मेन अफ द म्याच २ हजार पुरस्कार राशी राखिएको आयोजकले जानकारी दिएको छ ।