तेस्रो पाथीभरा आमन्त्रण गोल्डकप: फाईनल खेलमा झापाकै न्यु स्टार र रेड स्टार भिड्दै

title
शनिबार, भदौ १६, २०७५

ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो पाथीभरा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ ।

न्यू स्टार क्लव झापा र झापाकै रेड स्टार क्लवबीच आज फाईनल खेल हुन लागेको हो । यसअघि शुक्रबार सम्पन्न खेलमा न्यू स्टार क्लव झापाले डिफेन्डिङ्ग च्याम्पिएन चर्ज ब्वाइज यूनाइटेड काठमाडौँलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

पहिलो हाफको २५ मिनेटमा चर्ज ब्वाइज यूनाइटेडले अग्रता लिएपनि दोस्रो हाफको ४७औैं मिनेटमा चर्च व्वाईजको आत्मघाती गोल भएको थियो ।

खेलको अन्तिम समयमा झापाका खेलाडीलाई चर्ज ब्वोइजका खेलाडीले फल गरेको भन्दै दिईएको फ्रि किक गोलमा परिणत भए पछि न्यू स्टार क्लव झापा फाइनलमा प्रवेश गरेको थियो ।