
काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको हो ।
अघिल्लो दिन छापावाला सुनको प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख २ हजार रुपैयाँ कायम भएको हो ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा १० रुपैयाँले घट्दै १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।