
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५० ग्राम सुन बरामद गरेको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लास्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।