त्रिवि शिक्षण अस्पतालमा पुगेका बिरामीका आफन्त र चिकित्सकबीच विवाद 

title
बिहिबार, साउन ३, २०७५

काठमाडौं । उपचारका लागि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका बिरामीका आफन्त र चिकित्सकबीच विवाद उत्पन्न भएको छ ।

उपचारका लागि पुगेका सर्वसाधारण, आन्दोलनरत चिकित्सक र अस्पताल प्रशासनबीच उपचारका बिषयमा तनाव उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सर्वसाधारणले उपचार पाउनुपर्ने माग गरेका छन् भने चिकित्सकहरुले आन्दोलन भएको बताएपछि विवाद देखिएको हो ।

चिकित्सकले आफुहरु अहिले आन्दोलनमा रहेका कारण विरामीको उपचार गर्न नसक्ने बताएपछि बिरामीका आफन्त आक्रोशित बनेका थिए ।

त्यस क्रममा केहिवेर चिकित्सक र विरामीका आफन्तबिच हात हालाहाल समेत भएको थियो । अहिले त्रिवि शिक्षण अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।